काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले संघीय सरकारमा तीन मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्रीसहित सरकारमा जाने बताउनुभएको छ ।
पाँचथरमा शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले यस्तो बताउनुभएको छ । सो कार्यक्रममा बोल्दै नेता खनालले बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मा हुने उपचुनावमा एक सीट आफ्नो पार्टीले पाउँनुपर्ने समेत बताउनुभएको छ ।
खनालले गठबन्धनबाट सम्मानजनकरुपमा ती कुरामा सहमति नभए सरकारमा सहभागी नहुने समेत बताउनुभयो ।
उहाँले उपचुनावमा एक सीट नपाए गठबन्धन टिकाइराख्न आफूहरु बाध्य नहुने समेत बताउनुभयो ।
खनालले गठबन्धन सत्ताका लागिमात्र बनेको भन्दै अहिले बनेको गठबन्धनले पनि देशको हित नगर्ने बतानुभयो । वामपन्थीहरु मिल्नुपर्ने आफ्नो अडान कायमै रहेको उल्लेख समेत गर्नुभयो ।
प्रतिक्रिया