देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा बसोबास गर्ने ७३ प्रतिशतले चलाउँछन् स्मार्टफोन

देशान्तर

काठमाडौँ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसा नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरू स्मार्ट फोनको पहुँचमा रहेको देखिएको छ ।

नेपालमा बसोबास गर्ने मानिसहरूमध्ये ७३ प्रतिशत मानिसहरूसँग स्मार्ट मोबाइल फोनको पहुँच छ । साधारण मोबाइल फोनमा भने ७३.२ प्रतिशतको पहुँच छ ।

जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्यान्डलाइन, मोबाइल फोन, कम्प्युटर, इन्टरनेट, सवारीसाधन लगायत १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो ।

त्यसबाट प्राप्त परिणामकाआधारमा ३।९ प्रतिशत परिवारहरूमा कुनै पनि किसिमको सुविधा छैन भने ९६।१ प्रतिशत परिवारमा कुनै न कुनै किसिमका उपकरणहरूको पहुँच पुगेको छ ।

प्रतिवेदनअनुसार ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन्, ४९.४ प्रतिशतले टेलिभिजको पहुँचमा छन् भने १५ प्रतिशत नेपालीसँग कम्प्युटर छ भने ३७.८ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् ।