काठमाडौं । शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्या सन्तुलित नभएको बताउनुभएको छ ।
उहाँले कम उमेरको संख्या घट्दै गएको र बढी उमेरको जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको उहाँको भनाइ थियो । उहाँले यो चिन्ताको विषय रहेको समेत बताउनुभयो।
तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिवद्धता मापनमा सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । ३ वटै तहको योजना बनाउन महत्वपूर्ण हुने समेत उहाँले बताउनुभयो । नेपालमा जनसंख्याको वृद्धिदर घट्ने क्रम रहेको उहाँले बताउनुभयो ।
जनसंख्या पहाड–हिमालको ग्रामीण भेगमा घट्ने र तराईमा बढ्दै गएको उहाँको भनाइ छ । जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रम ल्याउन जनगणनाले महत्त्वपूर्ण भूमिका खेल्ने समेत प्रधानमन्त्री दाहालले बताउनुभयो ।
प्रतिक्रिया