काठमाडौं । केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या साढे ६ लाखले धेरै रहेको पाइएको छ ।
विभागको प्रतिवेदनअनुसार नेपालमा महिलाको संख्या १ लाख ४९ हजार ११ हजार २७ जना रहेको छ ।
पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ। जसअनुसार नेपालमा पुरुषको भन्दा महिलाको संख्या ६ लाख ५७ हजार ४७६ ले धेरै रहेको छ ।
जसअनुसार ४८ दशमलव ९ प्रतिशत पुरुष र ५१ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिक्रिया