काठमाडौं– नेपालमा साक्षरतादर ७६.३ प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकोमा देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा साक्षरतादर ७६.३ प्रतिशत रहेको छ ।
पुरुषको साक्षरतादर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरतादर ६९.४ प्रतिशत रहेको छ । १० वर्षको अवधिमा ११ प्रतिशतले साक्षरता दर बढेको छ ।
अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको साक्षरतादर ७५.१ प्रतिशत र महिलाको साक्षरतादर ५७.४ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया