काठमाडौं– मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको छ ।
पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।
प्रतिक्रिया