देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज विश्व क्षयरोग दिवस

देशान्तर

आज विश्व क्षयरोग दिवस विभिन्न खालका जनचेतना मुलक कार्यक्रम गरि मनाईदैँ छ । ‘हामी सबै मिलेर क्षयरोग अन्त्य गर्न सम्भव छ’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । तर, हरेक वर्ष दिवस मनाइरहे पनि क्षयरोग रोकथामका भने चुनौती थपिँदो छ । नेपालमा हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने गरेका राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क छ ।

नयाँ–पुराना गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान छ ।यस्तै, क्षयरोगका कारण झण्डै १७ हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । क्षयरोग लागेको पहिचान भएपछि डाक्टरको सिफारिसमा ६ महिनासम्म औषधि खानुपर्छ ।

दैनिक ६ महिनासम्म औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुन्छ । तर, बिरामीले औषधि खान लापरबाही गरे रोग निको हुँदैन । जटिलता बढ्दै जान्छ । बिरामीको ज्यान समेत जाने जोखिम हुने डाक्टरले बताएका छन् । सरकारले क्षयरोगको औषधि उपचार निःशुल्क दिँदै आएको छ । तर, चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले नियन्त्रणमा चुनौती थपिएको छ ।