एजेन्सी । आदिवासीलाई सम्बोधन गर्न अष्ट्रेलियामा जनमत संग्रह हुने भएको छ ।
अष्ट्रेलियाले आफ्नो देशका आदिवासीलाई सम्बोधन गर्न जनमत संग्रह तयारी थालेको हो । कतारी विश्व च्यानल अलजजिराका अनुसार सन् २०२३ को अक्टोबर र डिसेम्बरको बीचमा जनमत संग्रह हुनेछ ।
अष्ट्रेलियाका वाम ढल्कुवा दल लेबर पार्टीका प्रधानमन्त्री अन्थोनी एम्बानेसले जनमत संग्रहको घोषणा गरेका हुन् ।
६५ हजार वर्षबाट अष्ट्रेलियामा बसोबास रहेकोे इतिहास भए पनि १२२ वर्ष पुरानो अस्ट्रेलियाको संविधानमा त्यहाँका ३.८ प्रतिशत आदिवासी ुएबोरोजिनलुलाई सम्बोधन र सम्मान नभएको भन्दै जनमत संग्रहको घोषणा गरिएको छ ।
प्रधानमन्त्री एल्बानेसले अरु अष्ट्रेलियालीभन्दा आदिवासीको सरदर आयुमा १० वर्ष कम भएको, आत्महत्यादर दोब्बर भएको, बाल मृत्युदर र रोगको समस्या ज्यादै भएको भन्दै भावुक सम्बोधन गरेर जनमत संग्रहको घोषणा गरेका हुन् ।
प्रतिक्रिया