देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारमा सम्मानजनक सहभागिता हुनुपर्छः लोसपा

देशान्तर

काठमाडौं । लोसपाले सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचन अघिको गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँचै वर्ष टिकाएर लैजान पार्टीले भुमिका खेल्ने बताउनुभएको छ ।

गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय पनि बैठकले गरेको बताउनुभयो ।

नेता भण्डारीले गठबन्धनको घटक भएकाले आफ्नो पार्टी जिम्मेवार भएर अघि बढ्ने भन्दै यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय गरेको बताउनुभयो ।

बैठकले पार्टीको संगठन बिस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन निर्णय गरेको पनि वरिष्ठ नेता भण्डारीले बताउनुभयो । उहाँले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वभाविक रहेको बताउनुभयो ।