काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सेनाको आकार स्वघोषित विज्ञले तोक्ने नहुने बताउनुभएको छ ।
पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
उहाँले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेको बताउनुभएको छ ।
नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेको जिम्मेवारीका बारेमा बेला मौकामा अनर्गल गाली र प्रचारहरु गरेको आरोप पनि लगाउनुभएको छ ।
नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएका आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया