देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजारमा गिरावट, सबै सूचक ओर्लिए

देशान्तर

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीवार पनि शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से १८ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १५ दशमलव १५ विन्दुमा झरेको छ ।

दिनभरको कारोबार बेला नेप्से  १९०६ अंकसम्म ओर्लिएको थियो । परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक ओर्लिएका छन् ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बिहीवार दुई सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता शेयर एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २१ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बिहीवार सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त कम्पनीको शेयर साढे सात प्रतिशत र सृजनशील लघुवित्तको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बिहीवार सबैभन्दा धेरै मायाखोला जलविद्युत्, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।