काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको व्यवस्थालाई उल्टाउने कसरत भइरहेको दाबी गर्नुभएको छ ।
आज राष्ट्रियसभामा दलितमाथि विभेद अन्त्यका लागि संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
उहाँले समाजमा त्यो आन्दोलन प्रक्रिया अगाडि बढेन भने कानून विस्तारै निष्क्रिय हुँदै जाने, कानून निष्प्रभावी हुँदै जाने खतरा रहेको बताउनुभयो ।
विस्तारै ती कानून र संविधानको व्यवस्थालाई पनि उल्टाउने कसरत पनि सुरू हुनसक्ने बताउनुभयो ।
साथै उहाँले दलित र उत्पीडितहरूका विरुद्ध फेरि एकचोटि सामन्तवादतिर फर्काउने कसरतका भएको टिप्पणी गर्नुभएको छ ।
प्रतिक्रिया