काठमाडौं– शेयर बजारमा बुधवार दोहोरो अङ्कले गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से बुधबार १५ दशमलव ७६ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ३० विन्दुमा झरेको छ ।
बुधबार सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बजार घटेको दिन दुई सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बुधबार सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको शेयर साढे सात प्रतिशत तथा धौलागिरि लघुवित्त र मानुषी लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया