देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर भएनः सांसद देवकोटा

देशान्तर

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि शुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरु विवरणहरु आएपनि सरकार गम्भीर नबनेको बताउनुभएको हो ।

उहाँले शिक्षाको ८०÷८५ विद्यार्थी अध्ययनर विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग माग गर्नुभयो ।

सांसद देवकोटाले पोखराको फेवाताल माथिको अतिक्रमणबारे सरकारले जवाफ नदिएको भन्दै फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०/४० वटा डोजरहरु जग्गा प्लटिङ भइरहेको र सो क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसरी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा उल्लेख भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारस्ँग माग गर्नुभयो ।