काठमाडौँ । सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । बैठक आज बेलुका ४ बजे बस्ने छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् ।
आज बेलुका ४ बजे सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर छलफल गर्दैछन् । आज एउटा ठोस छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । शीर्ष तहमा छलफल भइरहेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।
सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।
प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।
प्रहरी महानिरीक्षक अब कसलाई बनाउने भन्ने विषयमा समेत प्रचण्ड र देउवाबीच संवाद चल्दै आएको छ ।
प्रतिक्रिया