काठमाडौं– नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ । बुधबार बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरूले गरेका छन् ।
नेपाल टेलिकमका प्राविधिकहरूले समस्या समाधानको प्रयास जारी राखेका छन् । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीईको कोरमा केही समस्या देखिँदा फोन नलाग्ने समस्या देखिएको बताए ।
मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको टेलिकमले जनाएको छ ।
टेलिकमको सेवामा पटक–पटक समस्या आउने गरेको छ। यसबाट लाखौँ सेवाग्राही मर्कामा पर्दै आएका छन् ।
प्रतिक्रिया