काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संघीयता नौलो कुरा नरहेको बताउनुभयो ।
उहाँले नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
उहाँले सरकारसँग आफ्ना केही असन्तुष्टि रहेपनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताउनुभयो ।
अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरु आगामी दिनमा समेट्दै लैजानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया