देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीसँग एमालेले माग्यो आफूसँग सहकार्य टुंग्याउनुको कारण

देशान्तर

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णप्रसाद पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेसँग सत्ता सहयात्रा टुंग्याउनुको कारण माग गरेका हुन् ।

उनले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाए । उनले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो ? भन्दै प्रश्न गरे।

उनले प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुंग्याउनको कारण इतिहासले सोधिरहने बताए । उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीज्युले प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो । फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुंग्याउनु भयो । यसमा के कारण थियो ? अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्न सधैँ सोधिरहने छ ।’

उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे ।