काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिनुभएको छ ।
अध्यक्ष लिङ्देनले हाइड्रोजन गाडी दिँदा स्टार्ट नहुँदै हामफालेको टिप्पणी समेत गरेका छन् ।
आफूहरुसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको भन्दै लिङ्देनले पर्खिनुको विकल्प नभएको बताए ।
उहाँले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको पनि बताउनुभयो ।
लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भाग्यमानी भन्दै ठट्टा समेत गर्नुभएकने छ । दुई महिनामा दुई–दुई पटक विश्वासको मत लिनुभएमा भाग्यमानी प्रधानमन्त्री ठानेको भन्दै व्याङ्ग समेत गर्नुभएको छ ।
प्रतिक्रिया