काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच भेटवार्ता भेट गर्नुभएको छ ।
आज सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत् अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो ।
जनस्तरको सम्बन्धलाई अझ बढि सुमधुर बनाउने सक्ने भएकाले कार्यक्रममार्फत् दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरुबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
भेटपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले द्धीपक्षीय सम्बन्धमा विविध विषयमा पनि उहाँसँग कुरा भएको बताउनुभयो ।
त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गर्नुभएको थियो ।
त्यसैगरी बेलायतसँग नेपालको सिधै हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीहरुको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्ने लगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
सद शर्मा नेतृत्वको टोलीले यस अघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
प्रतिक्रिया