काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संसद विघटन गर्नु गर्वको विषय नभएको बताउनुभएको छ ।
आज प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले संसदको पहिलो दिनको बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुराले आफूलाई नैतिक संकट परेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले गठबन्धन बनाउँदा एमाले र राप्रपाले स्थायित्वको नारा अघि सारे पनि उनीहरू त्यसबाट पछि हटेको पनि बताउनुभयो ।
यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीका कारण आफूले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको प्रधानमन्त्री प्रचण्डले जिकिर गर्नुभयो ।
प्रतिक्रिया