काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दैछ ।
नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सो बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे बस्ने संसद् बैठकबाट विश्वासको मत लिनु अगावै संसदीय दलको बैठक बस्ने एमालेले जनाएको छ ।
तत्कालीन सत्ता गठबन्धनमा रहेको एमाले र राप्रपा सरकारबाट बाहिरिनुका साथै समर्थन पनि फिर्ता लिइसकेको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।
सोही बमोजिम आज प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिँदैहुनुहुन्छ ।
प्रतिक्रिया