काठमाडौं। साफ यु–१७ महिला च्याम्पियनसिप बंगलादेशको राजधानी ढाकामा आजबाट शुरु हुँदैछ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । आज पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
यसअघि यु(१५ को उपाधि जितेको नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छ ।
आजै हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटान भिड्नेछन् । च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता रहेको छ । युरोपियन टोली रुसले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रतिक्रिया