प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो । संविधान जारी भए पछि पहिलो पटक एकै कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेको यो पहिलो घटना हो ।
विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने भएका छन् । सत्ता गठवन्धनमा रहेका १० दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने भएपछि दलको संख्या ११ पुगेको हो
यसैगरी, नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने भएको छ । हाल सम्म कुनै पनि निर्णय नगरेपनि यि ३ दल प्रतिपक्षमा बस्ने तयारि गरेका छन् ।
संविधानको धारा १०० को (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त हुनु भएका प्रचण्ड यसअघि २६ पुसमा संसद्को विश्वास मत लिनु भएको थियो ।
प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पु¥याउनुपर्छ । प्रधानमन्त्रीको पक्षमा कांग्रेसका ८६, माओवादीका ३१, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १०, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चा र आम जनता पार्टीका एक÷एक तथा स्वतन्त्र २ गरी १ सय ७४ जना सांसदले विश्वासको मत दिने सम्भावना छ । यसअघि प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।
गठबन्धन दलमा रहेका मध्ये राष्ट्रपति, उपराष्ट्रपति भएकाले मतदान गर्न पाउदैँनन । त्यस्तै उपचारमा रहेका,मृत्यु भएका र निलम्वनमा परेका संसदहरुको पनि आज अनुपस्थित रहने छ ।
प्रतिक्रिया