देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ताइवानी सरकार र जनतालाई चेतावनी दिन चिनका २६ वटा लडाकू विमान ताइवानमा प्रवेश

देशान्तर

काठमाडौं । ताइवानी सरकार र जनतालाई चेतावनी दिन चिनका २६ वटा लडाकू विमान ताइवानमा प्रवेश गरेका छन् ।

ताइवानको रक्षा मन्त्रालयले शनिवार कम्तीमा २६ वटा चिनियाँ सैन्य विमान आफ्नो वायुक्षेत्रमा आएको जनाएको हो ।

चिनियाँ जनमुक्ति सेनाका ती विमान ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा देखिएको ताइवानको भनाइ छ । त्यसका अतिरिक्त चिनियाँ ड्रोनहरू पसेका थिए ।

पनडुब्बी निरोधी हेलिकप्टर पनि देखिएको थियो । जवाफी कारवाहीमा ताइवानले विमान, जलसेनाका डुंगा र क्षेप्यास्त्रहरू पठाएको थियो ।

चीनले मार्च महिनामा मात्र ताइवानमा ६७ जलसैन्य जहाज तथा २६६ सैन्य विमान पठाएको छ ।

सन् २०२० को सेप्टेम्बर महिनादेखि चीनले नियमित रूमिा ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा विमान पठाइरहेको छ र ग्रे जोन स्ट्राटेजी बढाइरहेको छ ।