देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसी सेनाले कब्जा गरेको युक्रेनी बन्दरगाह सहरको भ्रमणमा राष्ट्रपति पुटिन

देशान्तर

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले कब्जा गरेको युक्रेनी बन्दरगाह सहर मारिउपोलको भ्रमण गरेका छन् ।

रुसी राज्य मिडियाले प्रकाशित गरेको आधिकारिक भिडियोमा पुटिनले रातिको समयमा सडकमा कार चलाएको र त्यसपछि कन्सर्ट हलको भ्रमण गरेको देखिन्छ ।

नयाँ कब्जा गरिएको सहरमा पुटिनको यो पहिलो भ्रमण ठानिएको छ । रुसी समाचार एजेन्सी तासले पुटिन हेलिकप्टरमार्फत् त्यहाँ गएको र केही स्थानीय मानिसहरूलाई भेटेको जनाएको छ ।

भिडियोमा स्थानीय अधिकारीहरूले पुटिनलाई युद्धले भत्किएको सहर कसरी पुनर्निर्माण भइरहेको छ भन्नेबारे बताइरहेको सुनिन्छ । शुक्रबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

युक्रेन युद्धका क्रममा भएको एक भीषण द्धन्द्धमा परेको मारिउपोल विगत दश महिनादेखि रुसले नियन्त्रणमा ल्याएको हो ।

यसको अर्थ पुटिन अब आईसीसीका सदस्य १२३ राष्ट्रमा पाइला टेके पक्राउ पर्न सक्छन् ।

यसअघि पुटिनले पनि पूर्व घोषणा बिना नै शनिबार सन् २०१४ मा रुसले कब्जा गरेको नवौं वार्षिकोत्सवको अवसरमा क्राइमियाको भ्रमण गरेका थिए ।