देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा एमालेको आक्रोशः खेलाडीहरूसँग अपेक्षा ठुलो राख्ने तर र रंगशाला बनाउँन ध्यान नदिने

देशान्तर

काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आफ्नो स्वामित्वमा लिएर तत्काल बनाउन संसदमा नेकपा एमालेले माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले यस्तो माग गर्नुभएको हो ।

धुर्मुस–सुन्तलीले निर्माण सुरु गरेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई स्वामित्वमा लिएर सरकारले बनाउनुपर्ने माग गरेका हुन् । सांसद पन्तले नेपाली क्रिकेट टोलीले जित्दा बधाई दिएर दुई चार लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्रै नहुने बताउनुभयो ।

विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुगेको नेपाली टोलीलाई बधाई दिने र दु्ई–चार लाख रुपैयाँ दिएर वा घोषणा गरेर मात्रै नहुने भन्दै धुर्मुस–सुन्तलीले चितवनमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बेवारिसे भएर थन्किएकोप्रति सरकार कानमा तेल हालेर बसेको उहाँको आरोप छ ।

सांसद पन्तले त्रिवि क्रिकेट रंगशालालाई विस्तार गर्न पनि माग गर्नुभएको हो । उहाँले मूलपानीको रंगशाला पनि बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले खेलाडीहरूसँग अपेक्षा गर्ने र जितेका बेला एक–दुई लाख रुपैयाँ पुरस्कार दिएर अरु बेला सरकार कानमा तेल हालेर बस्न नहुने बताए ।

क्रिकेट खेलाडीहरूसँग अपेक्षा गर्ने, खेलाडीहरूले जितेका बेला यसो एक–दुई लाख रुपैयाँ पुरस्कार घोषणा गर्ने र अरु बेला सरकार कानमा तेल हालेर बस्ने राम्रो नभएको उहाँको भनाई छ । क्रिकेटमा हाम्रो राम्रो सम्भावना भएकाले रंगशाला बनाउन सरकारलाई गम्भीर हुन आग्रह गर्नुभएको छ ।