देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन सम्पन्न

देशान्तर

काठमाडौं– साफिस इनटरनेशनल इन्डोक्राइन सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि शनिबारसम्म  काठमाडौँको ह्यात रिजेन्सी होटलमा साफिसको पहलमा डिन, आइएस्सइइस्मोनको संयुक्त आयोजनामा भएको दुई दिने कार्यक्रम सम्पन्न भएको हो । 

सम्मेलनमा विभिन्न देशका अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट मधुमेह, थाइराइड, मोटोपना तथा हर्मोनसँग सम्बन्धित रोगहरूको बारेमा कार्यपत्र पेश गरिएको छ । सम्मेलनमा साफिस अन्तर्गत रहेका विभिन्न मुलुकका विज्ञहरूद्वारा दक्षिण एसियाली स्तरीय अनुसन्धान गरी मोटोपना सम्बन्धी जनचेतना जगाउनलाई काठमाडौँ घोषणापत्र समेत सार्वजनिक भएको छ । 

सम्मेलनमा मधुमेह साथसाथै जटिल समस्याको रुपमा रहेको थाइराइड सम्बन्धी समस्याको पहिचान तथा उपचार र रोकथामको लागि अनुसन्धानमूलक साझा सहमति सहितको निर्देशिका प्रस्तुत गरिएको छ । 

नेपालका सबै जिल्लामा पछिल्लो समय गरिएको एक अध्ययनले २० वर्षमाथिका जनसंख्या मध्ये ८.५ प्रतिशतमा मधुमेह देखिएको डा.सत्यन राजभण्डारीले जानकारी दिए । उनका अनुसार नेपालमा ३ वर्षअघि सम्म ४–५ लाखको संख्यामा मधुमेहका बिरामी रहेको अध्ययनले देखाएको थियो । 

सम्मेलनको पहिलो दिन कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा अभिनीत वृत्तचित्र मधुमेहको भाग–२ को प्रिमियर शो समेत प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा नेपाल मधुमेह सोसाइटीलाई लाइफ अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो । 

सम्मेलनमा श्रीलंका, बंगलादेश, भारत, माल्दिभ्स र अफगानिस्तान लगायतका प्रतिनिधिहरू पनि सहभागी छन् ।