काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदै सत्तापक्षमा बस्ने निर्णय गरेको पवक्ता जगन्नाथ खतविडाले जानकारी दिए ।
प्रतिनिधिसभामा एकीकृत समाजवादी पार्टीका १० जना सांसद रहेका छन् ।
बैठकले सरकारमा जाने विषयमा कुनै निर्णय गरेको छैन । मन्त्रालयको संख्या यकिन गरेर मात्र सरकारमा जाने विषयमा निर्णय लिने उनले बताए ।
एकीकृत समाजवादी पार्टीले गृहमन्त्रीसहित तीन वटा मन्त्रालयमा दाबी गर्ने तयारी गरेको छ । यसअघि उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहसहित तीन वटा मन्त्रालयमा आफूहरूको दाबी रहने बताएका थिए ।
प्रतिक्रिया