देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा आसन फेरियो : कांग्रेस सत्तापक्षमा, एमाले प्रतिपक्षमा

देशान्तर

काठमाडौं– प्रतिनिधिसभामा दलहरुको आसन फेरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सत्तापक्षमा र एमाले  प्रतिपक्षी बेन्चमा बसेको हो ।

१४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा कांग्रेस प्रतिपक्षमा र नेकपा एमाले सत्तापक्षमा बस्दै आएका थिए ।

पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरु सत्तापक्षको बेञ्चमा बसेका थिए । तर, पुस १० गते एमाले र माओवादी मिलेर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो ।

तर, राष्ट्रपति चुनावअघि फेरि सत्ता समीकरण फेरियो । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए । त्यसपछि पहिलो पटक एमालेसँगै राप्रपा पनि प्रतिपक्षी बेन्चमा बसेको छ ।

प्रतिनिधिसभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दाँयातर्फ रहन्छ ।

नेपाली कांग्रेस र एकीकृत समाजवादी भने सत्तापक्षको बेन्चमा बसेका छन् । यी दुबै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।