काठमाडौं । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्विकार गर्नु भएको हो । उहाँले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गर्नुभयो ।
रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने उहाँको भनाई थियो । मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताउनुभयो । उहाँले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धि अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिनुभयो ।
मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भएपनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताउनु भयो । उहाँले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहो¥याउनुभयो ।
प्रतिक्रिया