काठमाडौं । विराटनगरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ भने नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नर्सिङ कलेजमा तालाबन्दी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियु निर्वाचन तोकेको छ । तर नेविसंघले शुक्रबार बेलुका नर्सिङ कलेजमा र अनेरास्ववियुले शनिबार बिहान महेन्द्र मोरङमा तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले सम्बोधन हुने माग राखेर क्याम्पसमा तालाबन्दी गरिएको बताउनुभएको छ ।
प्रतिक्रिया