काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै चैत ५ गते बिहान १०ः३० बजेका लागि बैठक बोलाएको जानकारी दिनुभएको छ । बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने भएको छ।
बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समीक्षा, प्रधानमन्त्रीले लिने विश्वासको मत र सरकारमा सहभागितका विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिँदैहुनुहुन्छ ।
प्रतिक्रिया