देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरी बढ्न थाले कोरोना सङ्क्रमितको संख्या

देशान्तर

काठमाण्डौ । स्थिर रहेको कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या फेरि बढ्न थालेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक रुपमा बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजोमात्रै ६ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा पर्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन, खोपको अतिरिक्त मात्रा अर्थात् (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान चलिरहेको छ ।

डा. दासका अनुसार सङ्क्रमण फैलन नदिन स्वास्थ्यका मापदण्डहरु भिडभाडमा जाँदा मास्क लगाउने, सङ्क्रमित व्यक्तिसँग भौतिक दूरी कायम राख्नेलगायतका आवश्यक स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ।