नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज संघ तथा प्रदेशका सांसदहरुसंग भेटघाट गर्नुहुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घ र प्रदेशका सांसदहरुबीच आज शीतल निवासमा चियापान सहित भेटघाट कार्यक्रम आयोजना गर्नु भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले अहिले नौ बजे पछि चियापानका र भेटघाटका लागि शीतल निवासमा बोलाउनु भएको छ । उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् । राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न लाग्नु भएको हो ।
प्रतिक्रिया