काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापालाई चर्का कांग्रेसीको संज्ञा दिएका छन् । शुक्रबाउपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस महामन्त्री थापाले २०८४ सालसम्म एमालेसँग सहकार्य हुँदेन भनेर दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् ।
ओलीले भने, ‘अस्ति मैले कांग्रेसँग सहकार्य हुदैन भन्ने कसम खाएको छैन भनेको थिए । एकजना चर्का कांग्रेसले साल तोकेर प्रतिपक्षमा भेट हुन्छ भन्नु भएछ । अहिले पनि त भेट भइराखेको छ । उहाँहरूको कुराले निकै त्यहाँभित्र ठूलो गडबडी देखिन्छ ।’
ओलीले कांग्रेससँगको सहकार्यबारे बोल्ने बेला नभएको पनि बताए ।
ओलीले प्रतिपक्षमा पुग्ने वित्तिकै राजनीति नसकिने बताए । ओलीले डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हुने तर नेपालमा साँठगाँठे सिस्टम अभ्यास भइरहेको बताए ।
प्रतिक्रिया