काठमाडौं– उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवद्र्धनमा जोड दिने बताएका छन् । शुक्रवार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानको पालना गर्नेकुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए ।
उनले नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न आफ्नो भुमिका रहने बताए ।
उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गरे ।
प्रतिक्रिया