देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१० दलले संविधानको मर्ममाथि प्रहार गरेः उम्मेदवार शाक्य

देशान्तर

काठमाडौं– उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताएकी छन् । शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् ।

उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसकेपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताइन् । उनले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताइन् ।

उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन् ।

उम्मेदवार शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गरिन् ।