देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

राप्रपाका सांसदले मतदानमा भाग नलिने

देशान्तर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारमा बैठक बस्न लागेको हो ।

आज नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् । जसपाबाट उम्मेदवारी दिनु भएकी प्रमिला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गर्नु भएको छ ।

रास्वपाले पुरुष उम्मेदवारलाई मत नदिने बताइसकेको छ । रास्वपालेले उपराष्ट्रपतिमा रामसहायलाई मत नदिने जवाफ पठाएको छ । रास्वपाले उपराष्ट्रपतिकी उम्मेदवार एमाले उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यलाई मत दिने सम्भावना बलियो छ ।

यसैविच निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले भने मतदानमा भाग नलिने जनाएका छन् । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद रहेका छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ। राप्रपा गएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।