काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।
अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि सुनको मूल्य तीन दिनमा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।
मंगलबार छापावाल सुनको मूल्य एक लाख ५ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
सोमबार एक लाख ४ हजार एक सयमा छापावाल सुन र एक लाख ३ हजार ६ सयमा तेजावी सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदी एक हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।
प्रतिक्रिया