काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ संसदीय दलको उपनेतामा नियुक्त भएका छन् ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार नेम्वाङलाई उपनेता नियुक्त गरेका हुन् ।
हालै राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारसमेत भएका नेम्वाङ रामचन्द्र पौडेलसँग पराजित भएका थिए । नेम्वाङ यसअघिको संसदमा पनि संसदीय दलको उपनेता भइसकेका छन् । उनी पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष पनि हुन् ।
ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश वर्तौलालाई नियुक्त गरेका थिए ।
प्रतिक्रिया