काठमाडौं– निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिहिरिएकी छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि भण्डारी सम्मानसहित राष्ट्रपति भवनबाट बाहिरिएकी हुन् ।
शीतल निवासबाट बाहिरिनु अघि राष्ट्रपति पौडेलले भण्डारीलाई विदाई गरेका थिए । राष्ट्रपति पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई मयुर भएको आँखीझ्याल उपहार दिएर बदाई गरेका थिए ।
निवर्तमान राष्ट्रपति भण्डारी ७ वर्ष शीतल निवासमा थिइन् । उनले दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी थिइन् ।
भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् ।
उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।
प्रतिक्रिया