काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिरेकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले सोमबारको मितिदेखि ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याजसहित तिर्न भनेको छ ।
उक्त म्यादभित्र रकम नतिरेमा थप कारबाही अघि बढाउने र यसो गर्दा आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भएमा आफू जिम्मेवार नहुने महालेखा नियन्त्रक कार्यालयले चेतावनी दिएको छ ।
सरकारी बाँकी रकम नतिर्नेहरुमा ठेकेदार, प्रहरी, व्यापारी, सरकारी कर्मचारी लगायत छन् ।
कतिपय अमेरिका र भारत ठेगाना भएकाहरु कम्पनीका सन्चालकको नाम पनि सूचीमा छ ।
नेपाल रिक्रियसन सेन्टरको मात्रै ९० करोड रुपैयाँभन्दा बढी बक्यौता छ ।
यस्तै दि फुलबारी लिमिटेड पोखराको ४१ करोडभन्दा बढी र होटल याक एण्ड एतीको २० करोडभन्दा बढी बक्यौता छ ।
लामा कन्स्ट्रक्सन, खुम्बु कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीका सन्चालकको नाम पनि सरकारी बाँकी रकम नतिर्नेहरुको सूचीमा छ ।
प्रतिक्रिया