देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने

देशान्तर

काठमाडौं– उपराष्ट्रपतिको उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने भएकी छन् । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले यादवको उम्मेदवारी फिर्ता हुने जानकारी दिए ।

निर्वाचन आयोगका अधिकारीले राष्ट्रपतिमा पुरूष उम्मेदवार भएकाले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउनुपर्ने बताएपछि सत्ता गठबन्धन दल जसपाले पुरूष र महिला दुवै उम्मेदवार उठाएको थियो । जसपाबाट राम सहाय यादव र प्रमिला यादवले उम्मेदवारी दिएका थिए ।

उपराष्ट्रपतिमा राम सहाय यादवले उम्मेदवारी दिएपछि उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उनीविरूद्ध उजुरी दिएका थिए ।

तर, निर्वाचन आयोगले आइतबार यादवको उम्मेदवारी यथावत रहने निर्णय गरेपछि प्रमिलाले उम्मेदवारी फिर्ता लिन लागेकी हुन् ।