काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले श्री एअरलाइन्सको जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले एअरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।
प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले विगतमा श्री एअरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए । क्यानका प्राविधिकले जहाजको इञ्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउने उनले बताए ।
प्राधिकरणको यो निर्णयपछि श्री एअरलाइन्सका जहाजले कुनै पनि उडान भर्न पाएका छैनन् । बिहीबार काठमाण्डौबाट भैरहवाका लागि उडान भरेको नाइन एन–एएनआर जहाजको इञ्जिनमा आगो लागेको सङ्केत देखिए पछि काठमाण्डौ फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।
प्रतिक्रिया