देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति निर्वाचनमा हालसम्म ६०३ मत खस्यो

देशान्तर

काठमाडौं–  राष्ट्रपतिको निर्वाचनमा अहिलेसम्म ६०३ मत खसेको छ । संघीय संसद भवन बानेश्वरमा जारी मतदानमा पौने १२ बजेसम्म संघीय संसदतर्फ  २६७ र प्रदेशतर्फ ३३६  मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । संघीय संसद र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् । राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ ।