देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिमा प्रचण्ड, देउवा र माधवले खसाले मत

देशान्तर

काठमाडौं– राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले पनि मतदान गरेका छन् । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा पुगेर उनीहरुले मतदान गरेका हुन् ।

कडा सुरक्षाकाबीच राष्ट्रपति पदको निर्वाचन जारी छ । बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ । बेलुका परिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।