देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

देशान्तर


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पाँच घण्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भोलि हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाले राष्ट्रपति चुनावमा कसैलाई मतदान नगर्ने निर्णय गरेको हो । पार्टीको एजेन्डा राजसंस्था भएकोले राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने अधिकांश केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले आजको बैठकमा धारणा राखेका थिए।
राप्रपासँग संघीय र प्रदेश सांसद गरी कूल २ हजार ४ सय ५० मतभार छ। राप्रपामा प्रतिनिधि सभा सांसद १४ जना र प्रदेश सभा सदस्य २८ जना छन्।