देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

देशान्तर


राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्दैछ । राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो ।

राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल गर्न बैठक बस्न लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले वताउनु भयो । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने तयारि रहेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले राष्ट्रपतिमा कसलाई सहयोग गर्छ वा मतदान गर्दैन भनि महत्वपुर्ण रुपमा हेरिएको छ ।