देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुधबार काठमाडौं आइपुग्‍न सांसदहरुलाई आठ दलको निर्देशन

देशान्तर

सत्तारुढ आठ दलले बुधबार बिहान सम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो । 

बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न र दलमा सम्पर्क राख्न सर्कुलर गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । श्रेष्ठले मतदातालाई प्रशिक्षित गर्ने, मत बदर हुन नदिने र समयमै आएर मतदान गर्न समन्वय गर्ने हिसावले गठबन्धनको कार्यदलमा छलफल भएको जानकारी दिए ।

गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए ।

बैठकपछि नेकपा एसका महासचिव बेदुराम भुसालले गठबन्धनलाई थप विस्तार गर्ने सन्दर्भमा समेत छलफल भएको बताए ।

 कार्यदलका संयोजक खड्काले अहिले गठबन्धन पूर्ण रुपमा राष्ट्रपति निर्वाचनमा केन्द्रीत रहेको बताए ।